Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

प्रभु साहले पार्टी छोड्दा मधेसमा एमालेको लोकप्रिय मत घट्यो

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मधेसमा नेकपा एमालेको लोकप्रिय मतमा कमी आएको छ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले हासिल गरेको कुल मतको तुलना प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झन्डै  १० लाख मत घटेको छ ।

स्थानीय तहको निर्वाचनमा एमाले पार्टीले कुल ३८ लाख ९ हजार ६९८ मत प्राप्त गरेको थियो भने मंसिर ४ गते भएको निर्वाचनमा भने २८ लाख ४५ हजार ६४१ मत मात्रै प्राप्त भएको छ ।

मतप्रतिशतको आधारमा स्थानीय तह निर्वाचनमा एमालेले कुल मतको ३४ प्रतिशत मत प्राप्त गरेको थियो भने संसदीय निर्वाचनमा कुल मतको २६.९५ प्रतिशत मत हासिल गरेको छ । यस तथ्यांक अनुसार एमालेको मत ७ प्रतिशतले कमी भएको छ ।

मधेस प्रदेशका प्रभावशाली नेता तथा पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिनु एमालेका लागि नमिठो साबित भयो । पार्टी विभाजनपछि प्रभु साहले नै मधेसभर एमालेलाई मजबुत बनाउन भूमिका खेलेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टीसँग गठबन्धन गरेपछि साह असन्तुष्ट देखिएका थिए । उनी एमाले र जसपाबीच तालमेलको विपक्षमा थिए ।

तर एमाले अध्यक्ष ओलीले जसपासँग तालमेल गर्ने निर्णय लिएपछि साहले एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारीमात्र दिएनन्, आफ्ना सहयोगीलाई समेत विभिन्न क्षेत्रमा स्वतन्त्र उम्मेदवार बनाए । एमालेको तत्कालीन स्थायी कमिटी सदस्य समेत रहेका पूर्वमन्त्री प्रभु साहले एमालेको टिकट लत्याएर प्रतिनिधिसभामा रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएपछि मधेसमा एमालेभित्र विद्रोह भई हरेक जिल्लामा प्रभु साह प्यानलको स्वतन्त्र उम्मेदवार चुनावमा होमिएका थिए ।

जसपासँग अनैतिक गठबन्धन गरेको भन्दै एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएपछि प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियान चलाए । उनलाई साथ दिँदै एमाले र जसपामा पार्टी छोड्ने लहर नै चल्यो । प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा अग्रस्थानमा रहेका केन्द्रीय सदस्य एवम् रौतहट जिल्ला ईन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्री न्यौपाने, केन्द्रीय सदस्य एवम् रौतहट जिल्ला सह ईन्चार्ज कुन्दन कुश्वाहा, केन्द्रीय सदस्य एवम् सर्लाही जिल्ला सह ईन्चार्ज रीता कुमारी, केन्द्रीय सदस्य एवम् सिरहा जिल्ला सह ईन्चार्ज रामप्रित रामले एमाले परित्याग गरेका थिए ।

रौतहट जिल्ला कमिटीका अध्यक्षसहित ९० प्रतिशत सदस्यले प्रभु साहलाई रोजेपछि एमालेले जिल्ला कमिटी नै विघटन गरेको थियो । जनवर्गीय संगठनहरुका सयौं केन्द्रीय तहका नेताले एमाले परित्याग गरी प्रभु साहलाई साथ दिएका थिए । उता जसपामा पनि पार्टी छोड्नेको कमी भएन । १८ वर्षदेखि मधेसको राजनीतिमा अग्रपंक्तिमा रहेका जसपा रौतहटका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलसहितका नेताले प्रभु साहलाई साथ दिए ।

जसपालाई पनि क्षति

एमाले जसपा गठबन्धनलाई अनैतिक भन्दै प्रभु साहले गरेको विद्रोहको परिणाम जनता समाजवादी पार्टीको लागि पनि सुखद् रहेन । जनता समाजवादी पार्टीले स्थानीय तहमा ५ लाख ५७ हजार ५२४ मत प्राप्त गरेको थियो भने आम निर्वाचनमा ४ लाख २१ हजार ३१४ मत प्राप्त गरेको छ । जसपाले सवा लाखभन्दा बढी मत गुमाउनुप¥यो । मत प्रतिशतमा हेर्ने हो भने स्थानीय तह निर्वाचनमा जसपाले मधेसमा कुल मतको ५ प्रतिशत मत प्राप्त गरेको थियो भने संसदीय निर्वाचनमा ३.९८ प्रतिशत मत प्राप्त गरेको छ । समग्रमा जसपाले कुल मतमा १ प्रतिशतभन्दा बढी मत गुमाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np