Global Force Media

२०८२ असार ३२ - Wed Jul, 2025 -

रवि लामिछानेविरूद्ध सहकारी ठगीमा अर्को मुद्दा पनि दायर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध सहकारी ठगीमा अर्को मुद्दा पनि दायर भइसकेको छ।

पर्साको सानो पाइला सहकारी ठगीमा उनीविरूद्ध मुद्दा दायर भइसकेको छ। उनीविरूद्धको यो पाँचौं मुद्दा हो। यसअघि चार वटा सहकारी ठगी मुद्दाको प्रारम्भिक सुनुवाइ समेत सकिइसकेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले गत वैशाख १२ गते अनुसन्धान गरेर पूरक अभियोग सरकारी वकिलको कार्यालयमा पठाएको थियो। एक महिनाभन्दा बढी समय लगाएर सरकारी वकिलको कार्यालय पर्साले लामिछानेसहित २९ जनाविरूद्ध गत शुक्रबार अर्थात (जेठ ३० गते) मुद्दा दायर गरेको हो।

यही कसुरको पूरक अभियोगमा सरकारी वकिलले छविलाल जोशीलाई पनि प्रतिवादी बनाएको छ।

सरकारी वकिलले दाबी गरेको अभियोगअनुसार रवि लामिछानेले सानोपाइला बचत तथा ऋण सहकारी संस्थालाई पाँच करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ तिर्नुपर्ने देखिएको छ। सो रकम जाहेरवाला पीडितहरूलाई भराउनका लागि माग गरिएको पनि उल्लेख छ।

बिगो मागदाबी भने लामिछानेसँग ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ तोकिएको छ।

पर्सा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौलाले समूहिक रूपमा त्यति बिगो कायम गरिएको बताए।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np