Global Force Media

२०८१ बैशाख १२ - Wed Apr, 2024 -

पेरुमा राजनीतिक संकट : राष्ट्रपतिमाथि महाअभियोग लगाएपछि चर्कियो हिंसा, २० जनाको मृत्यु

लिमा- पेरुमा निवर्तमान राष्ट्रपति पेड्रो कास्टिलामाथि महाभियोग लगाएसँगै हिंसा चर्किएको छ । हिंसात्मक प्रदर्शन भइरहेका बेला दुई सरकारी मन्त्रीले आफ्नो पद त्यागेका छन् । सुरक्षाकर्मी र पेड्रो कास्टिलोका समर्थकहरूबीच भएको झडपमा बिहीबार थप आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यो सँगै जारी हिंसामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

यसैबीच, प्रदर्शनकारीहरूले विमानस्थल बन्द गर्न बाध्य पारेपछि हजारौं पर्यटक कस्को शहरमा फसेका छन् ।

संसदले क्यास्टिलोलाई पदबाट हटाएपछि प्रदर्शन सुरु भएको हो।

पेरु वर्षौंको राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ । पछिल्लो संकट डिसेम्बर ७ देखियो, जतिबेला पूर्वराष्ट्रपतिले  कांग्रेस विघटन गरेर र संकटकाल लगाउने तयारी गरे ।

तर, कास्टिलोको योजना बिफल भयो र संसदले उनलााई महाभियोग लगाउने पक्षमा मतदान गर्‍यो । एजेन्सी

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np