Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

मातृभाषामा शपथ लिन चाहने बागमतीका प्रदेश सभा सदस्यहरूले तीन दिन अगावै जानकारी दिनुपर्ने

बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको शपथग्रहण पुस १४ गते हुने भएको छ ।  बागमती प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै  पुस १४ गते बिहीबार दिउँसो २ बजे शपथ ग्रहण हुने जानकारी दिइएको छ । शपथका लागि अपराह्न १२ बजे नै मकवानपुरस्थित बागमती प्रदेश सभा सचिवालयमा उपस्थित हुनुपर्ने छ ।

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेश सभाका सदस्यहरूले प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २४ बमोजिम प्रदेश सभाका ज्येष्ठ सदस्यले शपथ गराउने छन् । प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय पोसाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र ( सक्कल र प्रतिलिपि), नागरिकताको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), हालसालै खिचेको पासपोर्ट साइजको ६ (छ) प्रति फोटोसहित अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रति सहित ३ (तीन) दिन अगावै बागमती प्रदेश सभा सचिवालयलाई उपलब्ध गराउनुहुन पनि सूचनामा उल्लेख छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np