Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

‘ए’ डिभिजन लिगः फ्रेन्ड्स क्लब रेलिगेसनबाट बच्यो

काठमाडौँ- फ्रेन्ड्स क्लब रेलिगेसनबाट जोगिएको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९-८० अन्तर्गत अन्तिम चरणको खेलमा नेपाल एपीएफ फुटबल क्लबमाथि सहज जित निकाल्दै फ्रेन्ड्स रेलिगेसनबाट जोगिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले एपीएफलाई ४-० ले पराजित गरेको हो । फ्रेन्ड्सका लागि टोरिक जेब्रिन, विकास थापा, रफिक अमिनु र अखरोरबेक उक्तामोभले एक-एक गोल गरेका थिए ।

खेलको १५ औं मिनेटमा जेब्रिनले फ्रि-किक मार्फत फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा विकासले टिमका लागि दोस्रो गोल गरे । ७१ औं मिनेटमा रफिकले तेस्रो गोल गरेका थिए । ८२ औं मिनेटमा उक्तामोभले गोल गर्दै फ्रेन्ड्सलाई सहज जित दिलाए ।

जितसँगै फ्रेन्ड्सले २६ खेलबाट ३० अंकसहित ११ औं स्थानमा उक्लिएको छ । हारसँगै एपिएफ रेलिगेसनमा पर्ने सम्भावना बढेको छ । एपीएफको पनि २६ खेलमा ३० अंक रहेपनि हेड-टू-हेडमा फ्रेन्ड्ससँग पछि परेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np