सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।
प्रमेख पदहरुको भागबण्डामा सहमति जुटाउन गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । यद्यपी बैठकको समय भने तय भइसकेको छैन ।
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा पुस १० गते सकिँदैछ । सोहीअनुसार नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनका नेताहरु सक्रिय बनेका हुन् ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रमुख पदहरुका भागबण्डामा सहमति जुटाउने प्रयास गरेका थिए ।
सत्ता गठबन्धनमा सरकारको पहिलो कार्यकालको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी प्रचण्डले गर्दै आएका छन् । यस्तै कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै पदको दाबी गर्दै आएको छ । एकीकृत समाजवादीले समेत राष्ट्रपतिमा दावी गरेको पृष्ठभूमिमा गठबन्धनमा सहमति जुटाउनका लागि प्रयास भइरहेको हो ।