Global Force Media

२०८१ बैशाख २२ - Sat May, 2024 -

पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने

काठमाडौँ – पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले शुक्रबार एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्याद यही पुस १६ देखि १८ गतेसम्म मात्र भएको बताएको छ ।

पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका सुरज पाठकसहित १८ जना परीक्षार्थीले उत्पादन क्षेत्रमा पनि आवेदन फाराम भर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि विभागका नाममा ‘निवेदकको माग बमोजिम गर्न’ उक्त अदालतले विभागका नाममा आदेश जारी गरेसँगै परीक्षार्थीलाई दुवै क्षेत्रमा काम गर्न भाषा परीक्षामा सहभागी गराउने निर्णय विभागले गरेको हो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np