जाँदाजाँदै शोभराजले भने-नेपाल र धेरै मानिसविरुद्ध मुद्दा हाल्नु छ

‘सिरियल किलर’ चार्ल्स शोभराजले नेपाललाई मुद्दा हाल्ने बताएका छन् । नेपालको कारागारमा १९ वर्षभन्दा बढी समय कैद भुक्तान गरी शुक्रबार फ्रान्स डिपोर्ट हुने क्रममा विमानस्थलमा उनले समाचार संस्था एएफपीलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भनेका छन्, ‘मैले धेरै गर्नुपर्ने छ। नेपाल राज्यसहित धेरै मानिसलाई मैले मुद्दा हाल्नु पर्छ।’ हत्या अभियोगमा १९ वर्ष २ महिना नेपाली कारागारमा रहेका उनलाई सर्वोच्च अदालतले बुधबार रिहा गर्न आदेश दिएको थियो ।