Global Force Media

२०८० मंसिर १५ - Fri Dec, 2023 -

देउवाले सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्छ : गुरूराज घिमिरे

नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले सभापति शेरबहादुर देउवाले सभापति र संसदीय दलको नेता दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

देउवाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने घिमिरे बताउँछन्।

चुनावअघि गठबन्धन गरेर नजाने नेताहरूले भनिरहे पनि गठबन्धन गर्ने निर्णय गराएको र अहिले गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले दुवै पदबाट देउवाले राजीनामा दिनुपर्ने बताएका हुन्।

‘कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ,’ ट्वीट गर्दै उनले भनेका छन्, ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ?’

उनले गठबन्धन टुट्नुमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ भन्दै प्रश्नसमेत गरेका छन्।

देउवाले दुवै पदबाट राजीनामा नदिए छिट्टै विशेष महाधिवेशन बोलाइनेसमेत घिमिरेले बताएका छन्।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np