Global Force Media

२०८१ बैशाख १६ - Sun Apr, 2024 -

कांग्रेसलाई ओलीको प्रश्न : पोहोर सरकारमा नभएर समर्थन गर्ने, अहिले किन नगर्ने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन अनुरोध गरेका छन् । संसदमा बोल्ने क्रममा अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउनु पर्ने कारणबारे प्रधानमन्त्रीले दिएको तर्क उचित भएको भन्दै कांग्रेसले समर्थन गर्नुपर्ने उनको भनाइ छ ।

‘प्रधानमन्त्रीले नयाँ समीकरण बनाउनु पर्नका कारण बारे भनेका कुरा चित्तबुझ्दा छन् । म समर्थनबाट सुरु गर्छु’, ओलीले संसदमा भने, ‘पोहोर साल पनि यस्तै अवस्था थियो । नेपाली कांग्रेस भोट नै नमागिकन, हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेटरी हालेजस्तो थियो । समर्थन गरेको थियो । अहिले चाहिँ किन समर्थन नगर्ने ?’

उनले उस्तै अवस्था र उही व्यक्तिलाई पोहोर समर्थन गर्न हुने, अहिले किन नहुने भनेर प्रश्न गरे । ‘पोहोर पनि नेपाली कांग्रेस त्यतिबेला सरकारमा थिएन । भित्रभित्रै के थियो थाहा छैन’, उनले भने, ‘समर्थन गरेको थियो । अहिले पनि गर्दा हुन्छ ।’

एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np