माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ-एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन सकिन्छ
माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ-एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन सकिन्छ
प्रधानमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले एकीकृत समाजवादीलाई पनि आफू नेतृत्वको सरकारमा सहभागी गराउन सकिने बताएका छन्।
पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले सरकारमा सहभागी गराउने विषयमा समाजवादीका अध्यक्ष नेपालसँग आफूले संवाद गर्ने बताएका हुन्।
‘माधव नेपालजीको पार्टीलाई पनि सरकारमा सहभागी गराउन सकिन्छ। वर्तमान गठबन्धनबारे उहाँको धारणा बुझ्न नै बाँकी छ। उहाँ सकारात्मक बनेको अवस्थामा सरकारमा ल्याउन कुनै कठिनाइ छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उपमहासचिव गिरिराजमणि पोखरेलले बताए।
प्रचण्डले कांग्रेस नेतृत्वको रवैयाका कारण पाँच दलीय सत्ता गठबन्धन टुटेको बताएका छन्।
‘देउवाजीले झुलाउने काम मात्रै गर्नुभयो। राष्ट्रपतिले दिएको समयसीमा पनि टार्ने वातावरण देखेपछि बालकोट पुगेँ,’ प्रचण्डले बैठकमा भनेका छन्।
बालकोट पुग्ने लाग्दा प्रचण्डलाई देउवाले फोन गरेको उनले पदाधिकारी बैठकमा बताएका छन्।
‘देउवाजीले झुक्याएपछि म बाहिरिएँ। बालकोट पुग्नै लाग्दा उहाँले फोन गर्नुभयो। मैले दायाँ(बायाँ हुँदै कुरा सकियो भनेँ,’ प्रचण्डको भनाइ थियो।
१ सय ६९ सांसदको समर्थनमा प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। उनले आज चार बजे शितल निवासस्थित राष्ट्रपति भवनमा शपथ ग्रहण गर्नेछन्।