Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

प्रचण्डलाई फोन गरेर बधाई दिइसकेँ : बालकृष्ण खाँण

प्रचण्डलाई फोन गरेर बधाई दिइसकेँ : बालकृष्ण खाँण

११ पुस, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजतापूर्वक लिएको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित आफ्नो बिदाइ कार्यक्रममा कांग्रेस नेता समेत रहेका खाँणले नयाँ सरकार गठन प्रक्रियालाई देशले पनि सहजतापूर्वक लिनुपर्ने बताए ।

‘गठबन्धनमा परिवर्तन पनि भएको छ । यसलाई यसलाई देशले सहजतापूर्वक नै लिनुपर्दछ । तर सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालजीलाई मैले हिजो फोन गरेर बधाई तथा शुभकामना पनि दिएको छु । र, नयाँ सरकारलाई हामी सबैले मद्दत गर्नुपर्दछ । अब हाम्रो संवैधानिक व्यवस्थाले, दलीय प्रबन्धले राजनीतिक दलका नेता र कार्यकर्ताहरु दलमा आवद्ध रहनु त स्वभाविक हो । तथापि सरकार भनेको सरकारकै निरन्तरता हो’ उनले भने ।

गृहमन्त्री खाँणले गृह मन्त्रालयमा स्रोत र साधनको भने कमी रहेको औंल्याउँदै त्यसको बन्दोबस्त गर्न आवश्यक रहेको पनि पटकपटक दोहो¥याए ।

उनले मध्यरातसम्म पनि आफूले मन्त्रालयमा बसेर काम गरेको र त्यसमा सबै कर्मचारीहरुले सहयोग गरेको भन्दै धन्यवाद दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np