Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

एकीकृत समाजवादीको महाधिवेशन माघमा गर्न प्रस्ताव

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन्।

कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी सचिवालय बैठक क्रममा बिहीबार सदस्यहरूले उठाएको प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष नेपालले उक्त प्रस्ताव गरेका हुन्।

झन्डै अढाइ घन्टा बोलेका अध्यक्ष नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

‘कसैले फागुन २१ गते गर्नुपर्ने बताएका थिए। केहीले मंसिरमै गरौं र पार्टीलाई थप क्रियाशील बनाऔं भनेका थिए,’ उनले भने, ‘अध्यक्षले भने माघमा गर्ने प्रस्ताव गर्नुभएको छ।’

उनका अनुसार सचिवालय बैठकले महाधिवेशनको तिथि टुंगो लगाउने छ। २०७८ भदौमा एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो।

जारी सचिवालय बैठकमा आगामी निर्वाचन एक्लै लड्नुपर्ने धारणा सदस्यहरूले राखेको उपाध्यक्ष पाण्डेले बताए।

‘यो निर्वाचनमा सबै ठाउँमा उम्मेदवारी दिन सकेको भए राष्ट्रिय पार्टी बन्ने अवस्था आउँथ्यो। त्यस्तो परिस्थिति नबन्दा भोट घट्यो। आगामी निर्वाचनमा एक्लै लड्ने गरी मनस्थिति बनाउनुपर्छ भन्ने धेरैको धारणा छ,’ उनले भने।

गत मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको मर्म र भावना आत्मसात हुन नसकेको धेरै सदस्यको बुझाइ रहेको पाण्डेको भनाइ थियो।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np