Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

यी हुन् मन्त्रिपरिषद‍्का कान्छो मन्त्री : अब्दुल खान

सोमबार गठित मन्त्रिपरिषद‍्मा ८ सदस्य रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको हालको सुरुवाती मन्त्रिपरिषदमा उनीसहित ८ सदस्य रहेका हुन् ।
मन्त्रिपरिषदमा हाल सवैभन्दा कान्छा मन्त्रीका रुपमा अब्दुल खान देखिएका छन् । जनमत पार्टीबाट समानुपातिक सांसद रहेका उनको उमेर ३५ वर्ष रहेको छ । आइ।एस्सी अध्ययन गरेर फार्मेसीमा स्नातक गरेका उनले राजनीतिक शास्त्रमा एम।ए। गरेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ स्थायीबासी रहेका खान २०६८ सालदेखि राजनीतिमा लागेका हुन् । सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश अभियानमा लागेका उनी पटक पटक जेल समेत परेका थिए ।

३ दाजुभाइ मध्ये कान्छो रहेका उनको परिवार कृषि पेशामा आवद्ध छ। विनाविभागीय मन्त्री रहेका खानले आफूले उद्योग मन्त्री पाउने निश्चित भएको रातोपाटीलाई बताए । आफूले कृषि मन्त्रालय मागेपनि सो नपाएपनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको हैसियतमा कृषकलाई समयमा मलखाद दिलाउन लागिपर्ने उनले उल्लेख गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np