Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

नीलकण्ठका उपमेयर दिपक विश्वकर्मालाई भारतमा ‘अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार’

नीलकण्ठका उपमेयर दिपक विश्वकर्मालाई भारतमा ‘अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार’

काठमाडौं, पुस १ : धादिङको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मालाई अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार प्रदान गरिएको छ।

गत बिहीबार भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय दलित सम्मेलनकाबीच उपमेयर विश्वकर्मालाई अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार प्रदान गरिएको हो।

बाबु जगजीवनराम कला तथा साहित्य एकेडेमीले आयोजना गरेको सम्मेलनमा भाग लिन नेपालबाट विभिन्न क्षेत्रका काम गर्ने दलित अधिकारकर्मी, बुद्धिजीवि र समाजसेवीहरूको उपस्थिति थियो।

सोही एकेडेमीका संरक्षक तथा भारतको लोकसभाकी पूर्वअध्यक्ष मेइरा कुमारले पुरस्कार प्रदान गरेकी थिए। मेइरा जगजीवनरामकी छोरी हुन्। जगजीवनराम तत्कालीन स्वतन्त्र भारत संघर्षको नेतृत्वकर्तामध्येका एक हुन्। उनले संविधान निर्माणपछि त्यसले व्यवस्था गरेको दलितको हक अधिकार कार्यान्वयनका लागि महत्वपूर्ण योगदान थियो।

उनकै सम्झनामा भारतको संविधान निर्माता डा. भीमराव अम्बेडकरको नाममा एकेडेमीले पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ। दलित समदायको हक अधिकारका लागि पुर्‍याएको योगदानका लागि उपमेयर विश्वकर्मालाई सो पुरस्कार दिइएको हो।

विश्वकर्मा २०७९ को स्थानीय तह निर्वाचनबाट नीलकण्ठको उपमेयरमा निर्वाचित भएका थिए। त्यसअघि दलित हक अधिकारका लागि विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए।

उपमेयर विश्वकर्माले अन्तराष्ट्रिय दलित सम्मेलन
डा भिम रावशसक्तिकरण भइसकेपछि धादिङ बेसीमा नीलकण्ठ बहु प्राविधिक शिक्षालय स्थापनामा पहल तथा नेतृत्व, युवाहरुलाई करियर गाइडेन्स, युवा सिप तालिम तथा रोजगारको लागि स्थानीय तहका भुमिका लगायत दलित अधिकारका लागि संघर्ष ,
संविधानमा उच्च शिक्षा लगायत छात्रवृत्ति सहित निशुल्क शिक्षाको लागि दलित, गरिव विपन्नका लागि  संघर्ष र नेतृत्वदायी भुमिका ,
संविधान जारि पश्चात्  माध्यमिक शिक्षा सम्म  -स्थानीय सरकारको जिम्मेवारीमा रहे पछि स्थानीय सरकार समक्ष दलित गरिव विपन्नलाई छात्रवृत्ति सहित निशुल्क शिक्षाको लागि पहल गर्न  संघर्षमा नेतृत्वदायी भुमिका,
•⁠  ⁠२०७९ मा उप प्रमुख निर्वाचित पश्चात् आफुले उठाएको मुद्दालाई, आफ्नो पालिकामा नि: शुल्क  शिक्षाको कार्यन्वयन,
दलित गरिव विपन्नलाई छात्रवृत्तिमा प्रदान गरिएको , एम बि बि एस , पढ्न कम्तिमा रु १ लाख छात्रवृत्ति प्रदान,
•⁠  ⁠दलित रणनीति योजना ,
•⁠  ⁠दलित शसक्तिकरण ऐन बनाउन पहल ,
•⁠  ⁠स्थानीय सरकारलाई,दलित मैत्री निति योजना र कार्यक्रमका लागि साथै भएका असल अभ्यासको आदानप्रदानका लागि स्थानीय तहका दलित जनप्रतिनिधिहरुको लाई संगठित साथै अभियान सञ्चालन गर्ने कार्य ,
•⁠  ⁠स्थानीय तह दलित जनप्रतिनिधि राष्ट्रिय संघ, गठन गर्ने कार्यमा अहम भुमिका,
०६५ सालमा कर्णेश्वर माध्यामिक विद्यालयमा अध्यक्ष भइ जिल्लामा पहिलो सरकारी प्राविधिक  शिक्षालयको स्थापना लगायतका महत्त्वपूर्ण योगदान गरेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np