Global Force Media

२०८० चैत्र १५ - Thu Mar, 2024 -

विश्वासको मतपछि रेशमको मुद्दा टुंग्याउन पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

२२ पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेल भोगिरहेका रेशम चौधरीको मुद्दा विश्वासको मतपछि टुंग्याउन पहल गर्ने बताएका छन् ।

शुक्रबार थारू कल्याणकारिणी सभाका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतपछि रेशमको मुद्दाबारे टुंगो लगाउन पहल गर्ने आश्वासन दिएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतपछि रेमशमको मुद्दाको बारेमा टुगो लाग्‍नेबारे प्रतिवद्धता जनाउनुभयो। टीकापुरको मुद्दा पहिल्यैदेखि राजनीतिक भएकाले यसलाई राजनीतिक तवरले नै टुंगोमा पुर्‍याउने पहल आफूले गर्ने बताउनुभयो।’

यसकासाथै संसदमा विश्वासको मतपछि निजामती सेवा ऐन लैजाने जसमा थारूको आरक्षणसमेत सुनिश्चित हुने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएको महामन्त्री चौधरीले बताए ।

यस्तै लोक सेवा आयोगको लापरबाहीबारे थाकसलगायतका पदाधिकारीले जानकारी गराउँदा प्रधानमन्त्री प्रचण्डले यस विषयमा तत्लकाल सच्‍याउन निर्देशनसमेत दिने प्रतिवद्धता व्‍यक्त गरेको थारू भाषा मानकीकरणका संयोजक कुछतनारायण चौधरीले जानकारी दिए ।

यसका साथै भेटमा थारू आयोगका पदाधिकारीहरुले थारूको भाषा, संस्कृतिमाथि संवैधानिक निकायबाटै भइरहेको आक्रमणलाई जोगाउनसमेत पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np