Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

प्रधानमन्त्रीलाई विश्वासको मत दिन नाउपाको ह्वीप

धनगढी । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

पार्टी अध्यक्ष एवंम् संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले बुधबार प्रतिनिधिसभा बैठकमा उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी हुन् ।

‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्वीप जारी गरिएको व्यहोरा अनुरोध छ,’ श्रेष्ठले प्रतिनिधिसभा सदस्यलाई पठाएको पत्रमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेश सरकारको विषयलाई लिएर पार्टीमा संरक्षक रेशम चौधरी र अध्यक्ष श्रेष्ठबीच विवाद चलिरहेका बेला संघमा प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने ह्वीप जारी भएको हो ।

जबकी श्रेष्ठको अनुपस्थितीमा सोमबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले नयाँ गठबन्धनमा नजाने, प्रतिपक्षमा बसेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो ।

संस्थापक ज्येष्ठ केन्द्रीय सदस्य दामोदर पण्डितको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारको विषयमा भने दलहरुसँग वार्ता, संवाद गर्ने निर्णय गरेको थियो । बैठकमा २१ मध्ये १६ जना संस्थापक केन्द्रीय सदस्यको सहभागिता थियो । नाउपासँग प्रतिनिधिसभामा चार जना सांसद छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np