Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

टुंगियो मुख्यमन्त्रीको भागबन्डा, कुन प्रदेश कुन पार्टीलाई ?

टुंगियो मुख्यमन्त्रीको भागबन्डा, कुन प्रदेश कुन पार्टीलाई ?

काठमाडौँ । सत्तारूढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व भागबन्डा मिलाइएको छ ।

आज (आइतबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेकपा एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको हो ।

सहमतिअनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ भने माओवादी केन्द्रले वाग्मती र कर्णाली प्रदेशको नेतृत्व पाउने छ । वाग्मती प्रदेश र कर्णालीमा एमाले र माओवादीले आधा/आधा कार्यकाल नेतृत्व गर्ने छ ।

सुदूरपश्चिममा पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादीले पाउने छ ।

आजै प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np