Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

यो सरकारलाई विश्वासको मत दिने कि नदिने भोलि निर्णय हुन्छ : माधव नेपाल

यो सरकारलाई विश्वासको मत दिने कि नदिने भोलि निर्णय हुन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने पार्टीले मंगलबार निर्णय गर्ने बताएका छन्।

यसबारे छलफल गर्न मंगलबार बिहान सचिवालय बैठक बोलाइएको अध्यक्ष नेपालले जानकारी दिए।

‘यो सरकारलाई विश्वासको मत दिने कि नदिने भोलि बिहान पार्टी सचिवालय बैठकमा छलफल गरेर निर्णय हुन्छ,संसद भवनमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले भने।

एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा १० जना सांसद छन्। अहिलेको सरकारलाई समर्थन गरेर जानुपर्ने र गर्न नहुने भन्ने दुवैखाले मत एकीकृत समाजवादीभित्र छ। तर पार्टीले औपचारिक रूपमा यसबारे छलफल भने गरेको छैन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिँदैछन्।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np