पृथ्वी जयन्तीका दिन बुधबार सार्वजनिक बिदा दिने गृह मन्त्रालयको सूचना

गृह मन्त्रालयले पृथ्वी जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा दिने सूचना निकालेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले सार्वजनिक बिदाको सूचना निकालेको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदाको सूचना निकालिएको जानकारी दिए ।