Global Force Media

२०८१ जेष्ठ ८ - Tue May, 2024 -

इलाममा भ्यान दुर्घटना हुँदा एकको मृत्यु, एकजना गम्भीर

इलाम । इलामको मेची राजमार्गको राङ ४ बाघखोर सडकखण्डमा मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  । मृत्यु हुनेमा देउमाई नगरपालिका ६ इलामका २५ वर्षीय दिपेश राई छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डिएसपी प्रकाश जवेगुका अनुसार सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा देउमाई नगरपालिका ६ कै अन्दाजी २० वर्षीय विश्वास राई छन् । उनको अवस्था पनि गम्भीर छ । उनलाई थप उपचारका लागि झापा पठाइएको छ ।

झापाबाट इलामतर्फ आइरहेको मे १ ज ३२६३ नम्बरको भ्यान आज विहान ५ बजे सडकबाट ४०० मिटर तल खसेको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np