Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

बामदेवले दिए केपी ओलीलाई कृष्ण र प्रचण्डलाई अर्जुनको उपमा

बामदेवले दिए केपी ओलीलाई कृष्ण र प्रचण्डलाई अर्जुनको उपमा

२८ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाभारतको कृष्ण र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्जुनको उपमा दिएका छन् ।

शुक्रबार राष्ट्रिय सभामा विशेष समय लिएर गौतमले पछिल्लो राजनीतिक घटनाक्रममा ओली कृष्ण र प्रचण्ड अर्जुनका रुपमा देखा परेको टिप्पणी गरेका हुन् । ‘‘जुन आजको स्थिति बिग्रेको छ भनिएको छ त्यसको निम्ति मुल कृष्ण बनेर भूमिका खेल्ने हुनुहुन्छ– एमालेका अध्यक्ष’ गौतमले जोडे, ‘पात्र त प्रचण्ड नै हो ।’

ओली र प्रचण्डको भूमिकालाई महाभारतसँग जोड्दै गौतम अगाडि थप्छन्, ‘यसपटक हाम्रो देशमा घटेको राजनीतिक महाभुकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्ग दर्शक केपी ओली हुन । तर मुख्य पात्र प्रचण्ड हुनुभएको छ ।’

गौतमले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने मिल्ने पनि बताएका छन् । संविधानमा प्रतिपक्षी भन्ने शब्द नरहेको उनको दलिल छ ।

गौतमको भनाइ उनकै शब्दमा

हाम्रो देशमा कहिले नभएको एउटा राजनीतिक महाभुकम्प गएको छ । र हामी सम्हालिएका छौं । गएको स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरेर जाने प्रवृत्ति देखियो । त्यो २०७४ मा पनि भएको थियो । प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन भयो । यो दोस्रो घटना हो । नेपालका राजनीतिक पार्टीहरु गठबन्धन गरेर निर्वाचनमा जाने । गठबन्धन नै गरेर सरकार पनि चलाउने । यो सबै गर्ने हो भने मेरो विचारमा एउटै पार्टी बनाए पनि फरक के पर्छ र ?

नेपाली जनतालाई रोज्नको निम्ति कुन पार्टी ठीक छ, कुन पार्टीको विचार ठीक छ, कुन पार्टीले समस्या समाधान गर्न सक्छ भन्ने विषयमा स्वतन्त्रतापूर्वक अधिकार दिनुपर्छ र छ । तर, गठबन्धन गरेर जाँदा दुइटा ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले रहे । यो निर्वाचन अरु धेरै धेरै विषयमा भएको छैन् यो दुइटा पार्टीका विषयमा भएको छ । अब एमालेका कमरेडले यहाँ आफ्नो विचार राख्दा कांग्रेसको घोर विरोध गर्नुभयो । तर, यो स्थिति ल्याउनमा, जुन आजको स्थिति बिग्रेको छ भनिएको छ, त्यसको निम्ति मुल कृष्ण बनेर भूमिका खेल्ने हुनुहुन्छ– नेकपा एमालेका अध्यक्ष ।

मलाई धेरै पत्रकारहरुले सोध्नुभएको थियो– यसपटकको राजनीतिक भुकक्प ल्याउनेमा कसलाई मुख्य पात्र मान्नुहुन्छ ?

पात्र त प्रचण्ड नै हो । तर, योजना बनाउन र कार्यान्वयनमा केपी ओली हुनुहुन्छ । पात्र महाभारतमा अर्जुन र कृष्णहरु छन् । कृष्णलाई मुख्य मान्छन् । तर, धनुषवाण चलाएर सबै समाप्त गर्ने त अर्जुन हुन् । त्यसो भएर कृष्णलाई पछाडिबाट सहयोग गर्ने मानिन्छ । पात्रको रुपमा अर्जुनालाई मानिन्छ ।

यसपटक हाम्रो देशमा घटेको या महाभुकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्ग दर्शक केपी ओली । र पात्र मुख्य पात्र प्रचण्ड हुनुभएको छ । निर्वाचित भएर अत्याधिक निर्वाचित मत प्राप्त गरेर निर्वाचित हुनुभएको प्रचण्डलाई हार्दिक बधाई दिन्छु ।

शेरबहादुर र मेरो बीचमा जय नेपाल र लालसलाम कामरेड र मित्र भनेर चल्छ । शेरबहादुर कमरेड मेरा निम्ति कांग्रेसका निम्ति होइन । उहाँलाई धन्यवाद दिन्छु । मतदान सरकारलाई गरे पनि हामी प्रतिपक्षमा बस्ने छौं, गुण र दोषका आधारमा समर्थन र विरोध गर्नेछौं । हाम्रो भूमिकमा कसैले शंका नगर्नुस भनेर शुभकामना मन्तव्य दिँदा र बाहिर पनि बोल्नुभएको छ । मतदान गरेकैलाई प्रतिपक्षलाई सिद्धियो भन्ने विषय त्यहाँ प्रस्तुत गरिएको छ । नेपालको संविधानमा कहीँ पनि प्रतिपक्ष भन्ने छैन । त्यो त निपयमावलीमा छ, सिद्धान्तमा छ । संविधानमा कहीँ पनि छैन ।

संविधननले एउटा अवस्थामा एउटै पार्टीको नेतृत्वको सरकार बन्छ र अरु अरु प्रतिपक्षमा बस्ने स्पष्ट बस्ने भनेको छ । यसपटकको सरकार संविधानको धारा ७६ को उपधारा १ अनुसारको होइन । यो उपधारा २ को सरकार हो । त्यहाँदेखिका विकल्पहरु छन् ती सबै विकल्पमा उठेर प्रधानमन्त्रीको उम्मेदवारले अनुरोध गर्ने हो । कांग्रेस बाहेकले अरु सबैले भोट दिनुस् भन्ने जस्तो हुँदैनथियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np