प्रतिगमनविरुद्धको संघर्ष सकिएको छैन : महामन्त्री सिंह
प्रतिगमनविरुद्धको संघर्ष सकिएको छैन : महामन्त्री सिंह
काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनविरुद्धको संघर्ष नसकिएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै महामन्त्री सिंहले प्रतिगमनविरुद्धको संघर्ष नयाँ चरमा पुगेको बताएका हुन् ।
ुहामीलाई लाग्छ, प्रतिगमनका विरुद्धको संघर्ष सिद्धिएको छैन । चुनावमा हाम्रो प्रतिगमनमाथि विजय भएको थियो । प्रतिगमनलाई बहुमत प्राप्त भएको थिएन । त्यसका साथै गठबन्धनलाई पनि बहुमत प्राप्त भएको थिएन, उनले भनेको छन्, तर चुनावपछि प्रतिगमनका विरुद्धको संघर्षले नयाँ चरणमा प्रवेश गरेको छ ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कठपुतली प्रधानमन्त्री भएको आरोप लगाएका छन् ।