Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

गाउँवासीहरुको पिर मर्का गुनासो र सुझाव प्राप्त गर्न सार्वजनिक सुनुवाई कार्यक्रम : अध्यक्ष सुमन तामाङ

गाउँवासीहरुको पिर मर्का गुनासो र सुझाव प्राप्त गर्न सार्वजनिक सुनुवाई कार्यक्रम : अध्यक्ष सुमन तामाङ

यहि माघ १६ गते ककनी गाउँपालिकाले श्री शिवालय माध्यमिक विद्यालय, ककनी – २ विरुवामा सार्वजनिक सुनुवाइ एवं बुलन्द बहस कार्यक्रम आयोजना गर्ने भएको छ। मिति २०७९/१०/११ गते गाउँपालिकाले सुचन जारी गरि उक्त कार्यक्रम गर्ने बताएको हो।

कार्यक्रममा उपस्थित हुन सबन्धित सबैलाई आह्वान गर्दै सूचनामा भनिएको छ यस गाउँपालिका क्षेत्र भित्र भएका प्रयास र उपलब्धिको बारे गाउँबासीहरुको पिर मर्का गुनासो र सुझाव प्राप्त गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ र बुलन्द आवाजको सहकार्यमा आर. एन बुलन्द मिडिया प्रा. लि. मार्फत निम्नानुसार हुने बुलन्द बहस कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विषयगत समितिको सम्पुर्ण अधिकारी, गाउँपालिकाको कार्यालय र वडा कार्यालयमा कार्यरत कर्मचारी सबै (अनिवार्य ), राजनीतिक तथा सामाजिक व्यक्तित्त्व गाउँपालिका क्षेत्रका सरकारी निकाय संघ संस्था विकासमा साझेदार संस्था, उपभोक्ता समिती निर्माण व्यवसायी, सेवा प्रदायक संस्थाहरु लगायत सम्बन्धित सबै गाउँबासीहरुको समुपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।

त्यसैगरी गाउँपालिका अध्यक्ष सुमन तामाङ ले भन्नुभयो पालिका प्रती विभिन्न खालका जिज्ञासा हुनसक्छन् त्यसको उत्तर दिन हामी तयार छौं । सँगसँगै रहेको बन्चरे डाँडाको विषयमा धेरै भन्दा धेरै यहाँका बासीन्दाले प्रश्न उठाउनु भएको छ त्यसको पनि उचित जवाफ दिनेछौं । काठमाडौं महानगरपालिका, छिमेकी धुनिवेशी नगरपालिका र तारकेश्वर नगरपालिका लाई पनि निमन्त्रणा गरेका छौं उहाँहरु पक्कै पनि उपस्थित हुनुहुनेछ र उहाँहरु प्रती उठेको प्रश्नको जवाफ दिनुहुने छ भन्ने कुरामा विश्वस्त छु।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np