धादिङ नीलकण्ठ नगरपालिका वडा न–१० का जनप्रतिनिधिद्वारा दलित माथि जातीय विभेद

धादिङको नीलकण्ठ नगरपालिका वडा न–१० का वडा सदस्य हिम प्रसाद पाठकले दलित समुदायका युवक माथि जातीय भेदभाव र कुटपिट गरिएको घटना अहिले सामाजिक संजालमा नयाँ रुप लिएको छ ।
स्थानीय २६ वर्षीय रामबहादुर विसुन्केले जिल्ला प्रहरी कार्यालय धादिङमा जातीय छुवाछूत तथा कुटपिट गरेको उल्लेख गरि प्रहरीमा जाहेरि समेत दिएका थिए । “निर्वाचित जनप्रतिनिधि भएर संरक्षक हुनु पर्नेमा उल्टै जातीय भेदभावका गरिनुका साथै गाली गलौज गरि हिंसा गरिनु , कानुन विपरीत भएकाले न्यायका लागि प्रहरी संरक्षणमा आउनु परेको हो“ सामान्य छलफल गरि टुंगोमा पुग्ने विषय होइन दोसीले सजाय भोग्नुपर्छ, न्याय मैले पाउनु पर्छ,पीडित बिशुन्केको भनाइ छ ।
प्राणघातक धम्की दिएको र रिसले चुर भैइ पाठक घरमा गैइ धारिलो हतियार खुडा बोकेर आइ मार्छु आज भनी झम्टिदै आउदा पाठकका जीवन सङिनिले हतियार खोसेको र उनले खुडा हुर्याएको श्रीमतिले खुडा लुकाउदै घरलगेको भिडियो समेत प्रहरी कार्यालयलाइ पिडितले बुझाएको छ ।
“खेतमा रोपाइँ गर्ने विषयमा अघिल्लो दिनमै सल्लाह भएकोमा बिसुन्केकै दादागिरीले मेरो श्रीमतीमाथी अपशब्द बोलेको रहेछ,श्रीमतीले मलाई खबर गरि बोलाएर म पुग्दा पहिलाको सार्की जस्तै सम्झेको हो,भनी आक्रोसित रूपमा म माथी खनिदा भनाभन सम्मको स्थिती पुगेको हो, उहाँले भनेको सबै सत्य होइन “ वडा सदस्य पाठकले बताए । जाहेरी उपर छलफलमा म जिल्ला प्रहरी कार्यलय धादिङ पुगे मिल्दिन भनेर उठेर बिशुन्के हिडे म अहिले घरमा छु वडा सदस्य पाठकले भने ।
बिसुन्केले “जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८” विपरीत कार्य भएको भन्दै कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।
प्रहरीले उक्त विषय उपर थप सत्यतथ्य छानबिन गरि दोसी देखिएमा कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।



