Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

गैरसांसदलाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई ओलीको दबाब

गैरसांसदलाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई ओलीको दबाब

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गैरसांसदलाई मन्त्री बनाउन दबाब दिएका छन् । आइतबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न बालुवाटार पुगेका ओलीले करिब साढे दुई घण्टा छलफल गरेर गैरसांसदलाई मन्त्री बनाउन दबाब दिएका हुन् ।
शुक्रबार नागरिकता विवादमा सर्वोच्‍च अदालतले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गरेसँगे उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राजीनामा दिएका थिए । रविले राजीनामा दिएर आइतबार नागरिकता लिएपछि ओलीले रविलाई गैरसांसद भएपनि मन्त्री बनाउन दबाब दिएको स्रोतले इकागजलाई बतायो ।

ुहिजो साँझ ओली र प्रचण्डबीच करिब साढे दुई घण्टा छलफल भयोु प्रचण्ड निकट एक नेताले इकागजसँग भने उहाँले बारम्बार रवि गैरसांसद भएपनि गृहमन्त्री बनाउन दबाब दिइरहनु भयो । ति नेताका अनुसार प्रधानमन्त्री प्रचण्ड छलफल गरेर अगाडि बढ्‌ने ओलीलाई जवाफ दिएका थिए ।

प्रचण्ड र ओलीको छलफल सकिएलगत्तै आइतबार साँझ रवि पनि प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको छलफलमा रविले आफु फेरि गृहमन्त्री बन्‍न चाहेको प्रष्ट बताएको ति नेताले जानकारी दिए । गैरसांसद ६ महिनासम्म मन्त्री बन्‍न पाउने भन्दै त्यसपछि उपनिर्वाचनबाट आफु जितेर आउने रविको तर्क थियो ।

आज माओवादीको पदाधिकारी बैठक बस्दैछ । उक्त बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np