Global Force Media

२०८१ श्रावण १२ - Sat Jul, 2024 -

हास्य कलाकार गौतमको गाईजात्रे झटारो ‘लुटतन्त्र’ सार्वजनिक

गाईजात्रा नजिकिँदै गर्दा हास्य कलाकार घनश्याम गौतम (नक्कली प्रचण्ड) ले हास्य व्यङ्ग्यले भरिएको गाईजात्रे झटारो ‘लुटतन्त्र’ सार्वजनिक गरेका छन् । समसामयिक राजनीतिक विषयवस्तु र नेताहरुको काम माथि ‘लुटतन्त्र’ मा ब्यङ्ग्य गरिएको छ ।

‘डाँडाघरे साइली’ बोलको गीतमा प्यारोडी समेत बनाइएको ‘लुटतन्त्र’ को प्यारोडीमा गौतमकै शब्द तथा स्वर छ । ‘लुटतन्त्र’ मा सुभाष गजुरेल, कमल मैनाली, दमन रुपाखेती, घनश्याम गौतम, सुरेश तिमल्सिना, प्रेम शर्मा पौडेलले, सरिता राजोपाध्याय, गीता थापा, डम्बर घिमिरे, पशुपति दंगाल, विष्णु रोक्का, सविता खड्का, सानु घायल, सुरेन्द्र क्षेत्री, खगेन्द्र गुरागाईं, मनकुमार विश्वकर्मा सुलभ श्रेष्ठ लगायतको अभिनय लेख्न सकिन्छ ।

केशव अधिकारी खत्री निर्माता रहेको ‘लुटतन्त्र’ को प्यारोडीमा कोरियोग्राफर र सम्पादन प्रेम शर्मा पौडेलले गरेका हुन् भने लेखन, परिकल्पना तथा निर्देशन गौतमकै रहेको छ । ‘लुटतन्त्र’ भ्रष्टचार, महङ्गी, बेथिति र भ्रष्ट नेता तथा मन्त्रीहरुको भन्डाफोर भएको निर्देशक गौतमले बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np