Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

संविधान र व्यवस्थाविरुद्ध नबोल्न राप्रपालाई झाँक्रीकाे चेतावनी

संविधान र व्यवस्थाविरुद्ध नबोल्न राप्रपालाई झाँक्रीकाे चेतावनी

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गरेकी छन् ।

संसद् भित्रै संविधानविरुद्ध विषवमन गरेर सो पार्टीले ‘जात्रा’ देखाएको भन्दै उनले आपत्ति समेत जनाइन् । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाँक्रीले जनतालाई फेरि पनि निराश बनाउने गरी संविधान र व्यवस्थाको विरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिइन् ।

सचिव झाँक्रीले ठूला दलहरूले जनताको अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने बेला आएको पटक–पटक दोहोर्‍याइन् । उनले सरकारमा गएकाहरूले पनि जिम्मेवारीपूर्ण ढंगले जनताको पक्षमा काम गर्नुपर्ने बताइन् ।

सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अब जनताको अवस्था परिवर्तन हुने गरी काम गर्नेगरी सबै राजनीतिक दलहरूले योजना बनाउनुपर्ने बताइन् । उनले बदलाको भाव राखेर मुलुकलाई समृद्ध बनाउन नसकिने पनि बताइन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np