Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ — भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माइतीघरमा युवा, विद्यार्थीले मंगलबार प्रदर्शन गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दल निकट युवा संगठन र विद्यार्थी संगठन आबद्ध युवाहरुले भिजिट भिसा प्रकरण छानबिन, दोषीलाई कारबाहीलगायत मागसहित प्रदर्शन गरेका हुन् ।

अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिस्ट लिग नेपाल र युवा संगठन नेपालले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहविरुद्ध विरोध प्रदर्शन गरेका थिए । गृह मन्त्रालयले बनाएको मापदण्डको आडमा अध्यागमनका कर्मचारीले अनावश्यक दुःख दिएर भिजिट भिसामा जाने नेपालीबाट लाखौं असुल्ने खेल संस्थागत रूपमा चल्दै आएको पाइएपछि अहिले गृहमन्त्री लगायतलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग उठिरहेको छ ।

गृहले नेपालीलाई युरोप, एसिया र अफ्रिकाका विभिन्न मुलुकमा भिजिट भिसामा जानलाई ‘कठोर प्रावधान’ सहितका मापदण्ड जारी गरेपछि केही वर्षदेखि नै विकल्पका रूपमा ‘सेटिङ’ मिलाएर तस्करी गर्ने गरेको देखिएको हो । मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतबाट गत मंगलबार साँझमात्रै गृह मन्त्रालय तानिएका सहसचिव भट्टराईलाई आयोगले बुधबार सोधपुछका लागि नियन्त्रणमा लिएर रिहा गरेको छ । उक्त घटना छानबिन गर्नुपर्ने, गृहमन्त्री लेखकले राजीनामा दिनुपर्नेलगायत माग राखी मंगलबार प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा समेत अवरोध गरे ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np