Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएन : भुवन केसी

चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएन : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष केसीले चलचित्र विकास बोर्ड नेपाली चलचित्रहरू अन्तर्राष्ट्रिय स्तरमा चलोस्, कला संस्कृति विश्वमा फैलियोस्, भाषा र चलचित्रको माध्यमबाट नेपाली पर्यटन क्षेत्रमा पनि टेवा पुगोस् भन्ने हेतुले लागिपरेको उल्लेख गरे । उनले चलचित्र क्षेत्रको विकास गर्न भनेर नै आफू रिटायर हुने बेलामा जागिर खान चलचित्र विकास बोर्ड आएको बताए ।

अध्यक्ष केसीले चलचित्र प्राविधिक संघले नेपाली चलचित्रको विकास र प्रवर्द्धनका लागि नेफ्टा अवार्ड अमेरिकामा गर्न लागेको भन्दै अमेरिकामा नेपालले गएर कार्यक्रम गर्नु नै फलामको चिउरा चपाए सरह रहेको जिकिर गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np