Global Force Media

२०८० चैत्र १५ - Thu Mar, 2024 -

नेपाल युरोपेली युनियन चलचित्र महोत्सव शुक्रबारदेखि सुरु, १३ युरोपेली र ३ नेपाली फिल्म प्रदर्शन हुँदै

काठमाडौँ – नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करणको शुक्रबार औपचारिक उद्घाटन भएको छ । युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले शक्रुबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा छोटो मन्तव्य राख्दै महोत्सवको समुद्घाटन गरेकी थिइन् । यो क्रममा उनले महोत्सव कलाको प्रदर्शनीसँगै संस्कृति आदान प्रदानका लागि उपयुक्त माध्यम भएको बताउँदै महोत्सवमा देखाइने फिल्मले युरोपलाई बुझ्ने अवसर प्रदान गर्ने बताइन् ।

उनले यो पटकको महोत्सव हाइब्रिड मोडलमा सञ्चालन हुने जानकारी गराउँदै दर्शकले चलचित्र विकास बोर्डको हलमा र अनलाइन पनि हेर्न सकिने जानकारी गराइन् । यसका साथै राजदूत नोनाले महोत्सव पहिलोपल्ट काठमाडौँबाहिर सुर्खेतमा पनि गर्न लागिएको जानकारी गराएकी थिइन् ।  महोत्सवको सद्भावना दूत रहेकी अभिनेत्री केकी अधिकारीले दसैँ र तिहार सकिएपछि फिल्म महोत्सवको रुपमा सिर्जनाको पर्व सुरु भएको धारणा राखेकी थिइन् ।

केकीले युरोपियन फिल्म महोत्सवले फिल्मकर्मीमा शिल्प निर्माणको अवसर प्रदान गर्नुका साथै दर्शकमा सिनेमा साक्षरता वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । शुक्रबार उद्घाटनसँगै १ घन्टा समयावधिको रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’ ’शीर्षकको फिल्म देखाइएको थियो । डकुमेन्ट्री श्रेणीको फिल्ममा ब्रसेल्सको मोलेनबिक क्षेत्रमा हुर्किरहेका बच्चाहरूको आँखाबाट त्यो क्षेत्रमा बसोबास गरिरहेका मुसलमान समुदायको संकटलाई देखाइएको थियो । ब्रसेल्सको सो ठाउँलाई जिहादी उत्पादन गर्ने कारखानाको रुपमा लिने गरिएको कथा फिल्मले प्रस्तुत गरेको छ । 

शनिबारबाट मंगलबारसम्म नियमित चल्ने महोत्सवमा शनिबार लघु र फिचर गरी ४ फिल्म देखाइँदैछ भने शनिबार नै आर्काइभमाथि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा गाइ बोर्ली र उलासा गुरुङबीच छलफल चल्नेछ । आइतबार पनि चार फिल्मसँगै वातावरण संरक्षणमा फिल्मको भूमिकाको विषयमा ह्युगो मेज र रोशनी अधिकारीबीच छलफल हुनेछ । 

महोत्सवमा  १३  युरोपेली  र ३ नेपाली चलचित्र प्रर्दशन हुनेछन् ।  सुर्खेतमा हुने महोत्सव कार्तिक १९ देखि २२ गते सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरिने छ । सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शित गरिने छन् । 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np