Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

संसद्‍मा अर्थमन्त्रीलाई पूर्वएमाले सांसदहरूको प्रश्न, कसले के भने ?

संसद्‍मा अर्थमन्त्रीलाई पूर्वएमाले सांसदहरूको प्रश्न, कसले के भने ?

काठमाडौँ- पूर्व एमाले नेता एवं वर्तमान नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले एमाले सांसद एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थतन्त्रको सुधार र न्यूनतम साझा कार्यक्रमको तादात्म्यता कसरी मिल्यो भन्दै प्रश्न गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले सभासमक्ष पेस गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक समीक्षामा प्रश्न गर्दै अर्थतन्त्रको सुधार र न्यूनतम साझा कार्यक्रमको तादात्म्यता कसरी मिल्यो भन्दै प्रश्न गरेका हुन् । बैठकमा पूर्व एमाले नेता एवं वर्तमान नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले अहिलेको अर्थतन्त्रको सुधार ल्याउने कुरा र नयाँ कार्यक्रमलाई पूरा गर्ने कुरा कसरी तादात्म्यता हुनसक्ला ? भनेर नेकपा एमालेबाट उपप्रधान एवं अर्थमन्त्री बनेका पौडेललाई प्रश्न गरे ।

उनले स्वदेशी मालले बजार नपाउने र ओपन बोर्डरबाट भन्सार नतिरि चोरी गरेर ल्याइएका सामानले ठाउँ लिने हो ? भन्दै प्रश्न गरे । सांसद पाण्डेले अर्थमन्त्रीले प्रस्तुत गरेको अर्थतन्त्र सुधारको योजनामा आफूलाई कुनै योजना नलागेको बताए ।

त्यस्तै पूर्व एमाले नेता एवं वर्तमान नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले गौरवका आयोजनाहरू अलपत्र रहेको बताए । ति आयोजनामा बजेट सुनिश्चित गर्ने, टेण्डर गर्ने, तर त्यसको कार्यान्वयन नगर्ने, बजेट नपठाउने खालको बेथिति रहेको भन्दै त्यसलाई कसरी अन्त्य गर्नुहुन्छ भन्दै प्रश्न गरे । उनले बैंकिङ तरलता अभाव समाधानको के उपाय छ ? पुराना नोट खिचेर हुन्छ की ? अन्य केही विकल्पहरू छन् की त्यसतर्फ सरकारले ध्यान दिएको छ की छैन ? भन्ने प्रश्न उनको थियो ।

वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरूको ब्याजदर घटाउने बारेमा, ब्याजदर नघटाएसम्म तरलता अभाव समाधान गर्न नसकिनेतर्फ ध्यानाकर्षण गराउँदै त्यसतर्फ सरकारको के कार्यक्रम छ भन्दै प्रश्न गरे । पुँजीगत खर्च बढाउने, साधारण खर्च घटाउने, प्रशासन खर्च कटाउने र फजुल खर्च अन्त्य गर्न के कार्यक्रम छ ? भन्ने उनको प्रश्न थियो ।

सांसदहरूको प्रश्नमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक काम गरिरहेको बताएका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np