Global Force Media

२०८१ बैशाख १२ - Wed Apr, 2024 -

यातायात क्षेत्रलाई डिजिटल बनाइने

यातायात क्षेत्रलाई डिजिटल बनाइने

मकवानपुर- बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले यातायात व्यवस्था तथा सेवा अन्तरगतको कामलाई पूर्ण ‘डिजिटल’ बनाइने बताएका छन् ।

यातायात अन्तरगतको सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालय लागिपरेको मन्त्री श्रेष्ठले बताए । काठमाडौँ उपत्यकामा यातायात व्यवस्था तथा सेवा कार्यालयहरूको अर्धवार्षिक समीक्षा कार्यक्रममा मन्त्री श्रेष्ठले अहिलेको समयमा पनि यातायात कार्यालय पुरानै शैलीमा सञ्चालन हुनु दु:खको विषय भएको भन्दै अब पूर्ण रूपमा डिजिटल प्रणालीबाट सेवा प्रदान गर्न मन्त्रालय लागि परेको बताए ।

ढड्डा खोजेर काम गर्ने प्रचलनले जनताले दु:ख पाएको भन्दै अब कर तिर्ने, नवीकरण गर्ने जस्ता कामलाई डिजिटल माध्यमबाट लैजान मन्त्रालयले तयारी गरेको बताए ।

यातायात क्षेत्र देशकै महत्वपूर्ण क्षेत्रका रूपमा रहेको भन्दै जनतालाई अनावश्यक दुःख दिने परिपाटीको अब सुधार गरेर छिटोछरितो सेवा प्रवाह गर्न लागिपर्ने उनले बताए ।

मन्त्री श्रेष्ठले सेवाका लागि कार्यालय आउने सेवाग्राहीलाई मुस्कानसहितको सेवा प्रदान गर्नका लागि कार्यालय प्रमुखलाई निर्देशन दिए । कार्यालयमा काम गर्न आउने जनताहरू उदास भएर हैन खुसी भएर फर्कनुपर्ने अवस्थाको सिर्जना हुनुपर्ने भन्दै मन्त्री श्रेष्ठले कार्यालय प्रमुखहरूलाई आफ्नो कार्यालयमा सोही अनुसारको व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

यातायात क्षेत्रमा आम जनताको गुनासो अत्यधिक रहेको भन्दै मन्त्री श्रेष्ठले नियमित काम हुँदा पनि गुनासाहरू किन बढेको भन्नेतर्फ सचेत भएर काम गर्नका लागि कर्मचारीहरू चनाखो हुनुपर्ने बताए । उनले भने, ‘हामीले नियमित जनतालाई सेवा दिने काम गरेका छौँ, तर हाम्रा कार्यालयहरूमा किन जनगुनासो बढी भए ? यो सोचनीय विषय छ, हामीमा भएका कमजोरीलाई सच्याउँदै लैजानुपर्छ र जनतालाई केन्द्रमा राखेर काम गर्नुको कुनै पनि विकल्प छैन ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np