Global Force Media

२०८१ बैशाख ११ - Tue Apr, 2024 -

जनयुद्ध दिवस’ बिदाकाे निर्णयमा योगेश भट्टराईकाे टिप्पणी

जनयुद्ध दिवस’ बिदाकाे निर्णयमा योगेश भट्टराईकाे टिप्पणी

काठमाडौं- सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिएपछि विभिन्न टीकाटिप्पणी सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक साता अघि सरकारी बिदामा कटौती गर्ने घोषणा सार्वजनिक गरेको एक हप्ता नबित्दै आजको मन्त्रिपरिषदले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिएपछि विभिन्न खाले टीकाटिप्पणी सुरु भएको हो । यसैक्रममा नेकपा एमालेका नेता योगेश भट्टराईले पनि सरकारको सो बिदा दिने निर्णयप्रति टिप्पणी गरेका छन् ।

‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा विद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरव स्वरूप गणतन्त्र र संविधान दिवस मानिँदै आएको छ, अरु सबै यसकै अधीनस्थ हुनु,’ भटराईले प्रश्न गरेका छन, ‘फेरि अलग अलग बिदा किन ? मुलुकलाई अनावश्यक वैचारिक ध्रुवीकरणमा नफसाऔँ ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np