Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित

काठमाडौँ — यू–१९ साफ च्याम्पियनसिपको शुक्रबार भएको  पहिलो सेमिफाइनल खेलमा  नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको हो । फाइनलमा बंगलादेश र भारत भिड्ने भएका छन् । अर्को सेमिफाइनलमा आयोजक भारतले माल्दिभ्सलाई ३–० ले पराजित गर्‍यो । अब उपाधिका लागि बंगलादेश र भारत भिड्नेछन् ।

अरुणाञ्चलको गोल्डेन जुब्ली रंगशालामा भएको खेलमा बंगलादेशका लागि आशहिकुर रहमान र नज्मुल फैसलले गोल गरे । नेपालका तर्फबाट सुजन डंगोलले एक गोल फर्काए । गोलरहित पहिलो हाफपछि बंगलादेशले ७४ औं मिनेटमा अशहिकुरको गोलले अग्रता लिएको थियो । त्यसको सात मिनेटपछि नै नज्मुलले दोस्रो गोल थपे । खेल सकिन तीन मिनेट बाँकी छँदा सुजनले नेपालका तर्फबाट एक गोल फर्काए । फाइनल आइतबार हुनेछ ।

 

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np