ककनी गा.पा.को सहकार्यमा लिभिङ वाटर नेपाल सस्थाद्वारा एक घर एक धारा योजना सम्झौता

ककनी गा.पा.को सहकार्यमा लिभिङ वाटर नेपाल सस्थाद्वारा एक घर एक धारा योजना सम्झौता
नुवाकोट । ककनी गाउँपालिका वडा नं. ७ बरबन्दीमा ककनी गाउँपालिकासँगको सहकार्यमा लिभिङ वाटर नेपाल सस्थाद्वारा एक घर एक धारा खानेपानि आयोजना ११६ घर धुरिमा सुरु गर्नको निम्ति गाउँपालिका अध्यक्ष सुमन तामाङ ज्यु र संस्थाको डाइरेक्टर विजय गुरुङ, सस्थाको इन्जिनियर अर्जुन रोकाय फिल्ड अधिकृत इन्द्र तामाङ जिल्ला संयोजक यनोक तामाङ वडा अध्यक्ष रामकृष्ण तामाङ, कार्यपालिका सदस्य नारायण विक, पूर्व कार्यपालिका सदस्य अशोक मिजार, उपभोक्ता समिति र सम्पूर्ण उपभोक्ताको उपस्थितिमा योजना सम्झौता कार्यक्रम भएको छ ।