श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइयो
श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइयो
काठमाडौँ । नागरिक अगुवा तथा पूर्वमन्त्री प्रा.डा. मथुराप्रसाद श्रेष्ठको मंगलबार अन्तिम बिदाइ गरिएको छ । पशुपतिस्थित आर्यघाटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र परराष्ट्र मन्त्री विमला राईले दिवंगत श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
डा. श्रेष्ठको सोमबार बिहान सवा ४ बजे अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ०४७ सालको अन्तरिम सरकारमा श्रेष्ठ स्वास्थ्यमन्त्री रहेका थिए ।