Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

आज अन्तिम नामावली प्रकाशन, भोलि उम्मेदवारी दर्ता हुने

आज अन्तिम नामावली प्रकाशन, भोलि उम्मेदवारी दर्ता हुने

काठमाडौं – राष्ट्रपति निर्वाचनअन्तर्गत आज मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदाता नामावलीमा समावेश नाममा दाबी विरोध, उजुरी र छानबिनपछि आयोगले आज नामावली प्रकाशन गर्न लागेको हो ।

प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले आज मध्याह्न १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

भोलि उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपति निर्वाचन फागुन २५ हुँदैछ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८८१ मतदाता छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो २८ फागुनमा सकिँदैछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np