Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

एमालेले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई सहयोग गर्न दलहरुलाई पठायो पत्र

एमालेले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई सहयोग गर्न दलहरुलाई पठायो पत्र

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले कांग्रेसबाहेक संसद्मा रहेका सबै राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न अनुरोध गर्दै पत्र पठाएको जानकारी दिए ।

उनका अनुसार राजनीतिक दल र स्वतन्त्रसहित १७ पत्र पठाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत पार्टीका अध्यक्षसहित स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको निर्वाचनमा नेम्वाङलाई सहयोग गर्न पत्र लेखेका हुन् ।

“नेपालको संविधानको मर्म र भावनाअनुरुप नेम्वाङ राष्ट्रपतिका लागि अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ, राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने यस निर्वाचनमा तपाईँको पार्टीका तर्फबाट नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ अनुरोध गर्दछु”, पत्रमा भनिएको छ ।

यस्तै एमालेले विसं २०७९ को नयाँ जनादेशअनुरुप गत पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमतिअनुसार एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङलाई राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन गराएको जनाएको छ ।

एमालेको आज बसेको सचिवालय बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रहेकाले सोबाहेकका अन्य पार्टीलाई राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई समर्थन गर्नका पत्र पठाउने निर्णय गरेको थियो । आजै एमालेबाट राष्ट्रपतिमा नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै कांग्रेसबाट रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाइएको छ ।रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np