Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

नेविसंघ र तरुण दललाई पूर्णता दिने कांग्रेसको तयारी

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको दुई प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दललाई पूर्णता दिने तयारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मिति तोकेसँगै कांग्रेसले विद्यार्थी संस्था नेविसंघ र तरुण दललाई पूर्णता दिन लागेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र  तरुण दलका अध्यक्ष विद्वान गुरुङसँग छलफल गरेर चाँडो कार्यसमितिलाई पूर्णता दिन निर्देशन दिएका हुन् । नेविसंघका अध्यक्ष शेर्पाले नेविसंघ र तरुण दललाई एक हप्ताभित्र पूर्णता दिनेबारे सभापति देउवासँग छलफल भएको जानकारी दिए ।

कांग्रेसले विसं २०७८ चैतमा नेविसंघको अध्यक्षमा शेर्पा र तरुण दलको अध्यक्षमा गुरुङलाई जिम्मेवारी दिए पनि त्यसपछि भने कार्यसमिति विस्तार हुन सकेको छैन ।

कांग्रेसले अधिकांश भ्रातृ संस्थाको समयमै महाधिवेशन गर्न सकेको छैन । कांग्रेसले केही भ्रातृ संस्थामा अध्यक्ष मात्रै तोकेको भए पनि अधिकाशं भ्रातृ संस्था नेतृत्वविहीन बन्न पुगेका छन् । कांग्रेसले अध्यक्षको जिम्मेवारी दिएका भ्रातृ संस्थाको निर्वाचन छ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए पनि कुनै पनि भ्रातृ संस्थाले समयमा महाधिवेशन गर्न सकेका छैनन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np