Global Force Media

२०८१ जेष्ठ ८ - Tue May, 2024 -

प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द

प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कतार भ्रमण रद्द भएको छ । प्रधानमन्त्री दाहालको फागुन १९ देखि २२ सम्मका लागि तय भएको कतार भ्रमणको कार्यक्रम आइतवार रद्द भएको हो ।

प्रधानमन्त्री दाहाल अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन त्यसतर्फ जाने तयारीमा थिए । राष्ट्रपतिको निर्वाचन लगायत राजनीतिक परिस्थितिको कारण भ्रमण रद्द भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।

‘राष्ट्रपतिको निर्वाचन तथा स्वास्थ्य अवस्थाको कारण प्रधानमन्त्रीको साटो उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ कतार जाने तयारी रहेको छ,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले रातोपाटीलाई जानकारी दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np