Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

दाङमा श्रीमान् झुण्डिएको, श्रीमती बेडमा मृत फेला

बुटवल- दाङको तुलसीपुरमा श्रीमान्- श्रीमतीको शव फेला परेको छ । शनिबार विहान तुलसीपुर उपमहानगरपालिका वडा ९ बेलुवामा कोठा भाडामा बस्दै आएका अन्दाजी २५ वर्षीय सुशिल भण्डारी र अन्दाजी २१ वर्षीया पवित्रा डाँगी भण्डारीको शव फेला परेको प्रहरीले बताएको छ । सुशिलको शव झुण्डिएको अवस्थामा र पवित्राको शव बेडमा फेला परेको हो ।

पवित्राको टाउकोमा चोट र नाक, मुखबाट रगत निस्किएको प्रहरीले बताएको छ । सल्यान त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलाबाङ घर भइ भण्डारी दम्पती करिब डेढ महिना पहिले विवाह गरेर बेलुवामा कोठा भाडामा लिएर मजदुरी काम गर्दै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।

प्रहरी प्रमेख केसीका  अनुसार श्रीमान्-श्रीमती विगत दुई दिनदेखि कोठा बाहिर ननिस्किएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी निरीक्षक केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले ढोका खोल्दा एक जनाको शव झुण्डिएको अवस्थामा र एक जनाको शव बेडमा फेला पारेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np