Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने गठबन्धनको निर्णय, सत्ता बाँडफाँट राष्ट्रपति निर्वाचनपछि

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने गठबन्धनको निर्णय, सत्ता बाँडफाँट राष्ट्रपति निर्वाचनपछि

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आठ दलीय गठबन्धनको बैठक सकिएको छ ।

पछिल्लो समय संविधान विपरीत भइरहेको गतिविधविरुद्ध बैठकमा ध्यानाकर्षण भएको नेपाली कांग्रेकास प्रमुख सचेतक रमेश लेखकले बताएका छन् । यो व्यवस्था र संविधानका विरुद्धमा भइरहेका गतिविधिहरुलाई निरुत्साहित गर्नुपर्ने निर्णय भएको लेखकले जानकारी दिएका छन् । उनले दुर्गा प्रसाईंले गरेका गतिविधितर्फ संकेत गर्दै यस्तो बताए ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यसै संसदमा लगिने लेखकले बताए । पीडित परिवारलाई ध्यान दिए र कानून पनि बनाउने र आयोगहरु पनि बनाउन अघि बढ्ने बैठकको निर्णय भएको उनले बताए ।

अदालतले प्रधानमन्त्रीविरुद्धको रिट दर्ता गर्न अनुमति दिएको विषयमा के भयो बैठकमा भन्ने प्रश्नमा उनले भने, ‘अदालतले पनि सहयोगी भूमिका निर्वाह गर्छ भन्ने हामीलाई विश्वास लागेको छ । संक्रमणकालीन विषय भएको भनेको सबैको साझा विषय हो नि ।’

उनले सत्ता बाँडफाँटको विषय राष्ट्रपतिको निर्वाचनपछि छलफल हुने बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np