Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

जनयुद्धलाई अपराधिकरण गर्न खोज्ने अपराधिहरुलाई प्रतिकार गर्ने बहिर्गमित जनमुक्ति सेना नेपालको चेतावनी

जनयुद्धलाई अपराधिकरण गर्न खोज्ने अपराधिहरुलाई प्रतिकार गर्ने बहिर्गमित जनमुक्ति सेना नेपालको चेतावनी

काठमाडौँ । माआवादी पुर्व लडाकु बहिर्गमति जनमुक्ति सेना नेपालले शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने जुनसुकै गतिविधिको प्रतिवाद गर्ने एक विज्ञाप्ति जारी गरी चेतावनी दिएका छन् ।

आज जारी विज्ञाप्तिमा संगठनका इन्चार्ज असिम आङबुहाङ लिम्बू (सुनिल) र संगठनका अध्यक्ष रमेश बसेल (करण) को हस्ताक्षेरको विज्ञाप्तिमा उल्लेख गरिएको छ सङ्क्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरूप व्यवस्थापन गरिनुपर्नेमा दृढ रहेको जनाएका छन् ।

‘सङ्क्रमणकालीन न्यायको प्रक्रिया विपरीतका काम कारबाहीले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुर्याउदैन भन्ने कुरामा समेत हाम्रो संगठन स्पष्ट छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

यसै सन्दर्भमा विगत देखिनै शान्ति नचाहने देशमा द्वन्द्वको बीजारोपण गरि डलरको खेती गर्नेहरू मौलाउदै आगोमा घ्यू थप्ने जुन दुस्साहस माओवादी आन्दोलनको जगमा भएको उपलब्धिको व्याज खाएर उक्त उपलब्धि ल्याउन मृत्युको कुनै प्रवाह नगरी बलिदान र योगदान गर्ने योद्धा र आन्दोलनलाई अपराधीकरण गर्न लागेको भन्दै आक्रोस व्याक्त गरेको छ ।

त्यस्तै उनीहरुले शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गो लगाउन आवश्यक कानुनी एवं संस्थागत विकासका लागि तत्काल पहल गर्न सरकारसँग माग गर्दै शान्ति प्रक्रियाको बाँकी कार्यभार १२ बुँदे बृहत शान्ति सम्झौता विपरीतका गतिविधि भए त्यसको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

विज्ञाप्तिको पुर्ण पाठ :
दश वर्षे महान जनयुद्ध र २०६२÷०६३ को दोस्रो जनआन्दोलनको जगमा भएको उपलब्धि र बृहत् शान्ति सम्झौताको मुल्य र मान्यता विपरीत जनयुद्धका सर्वोच्च कमान्डर, नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल कमरेड प्रचण्ड समेत लाई विपक्ष बनाई सम्मानित सर्वोच्च अदालतमा परेको रिट प्रती बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
दश वर्षे जनयुद्धको क्रममा भएका घटनाहरुको सम्बन्धमा शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने उद्देश्यले विगतमा भएको विस्तृत शान्ति सम्झौता नेपालको संविधान तथा गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले संक्रमणकालिन न्यायीक कारबाही समयमा नै सम्पन्न गर्नुपर्नेमा लामो समयसम्म अकर्मण्यतामा फस्नु माओवादी पार्टी मात्र दोषी नभई शान्ति सम्झौताका जिम्मेवार राजनीतिक दलहरु, नगरिक समाज र पटकपटक गठित आयोगका प्रतिनिधिहरू सबै उत्तिकै दोषी भएको कुरा राजनीतिक दाउपेच र भागबन्डाका रवैया सबैमा सर्वविदितै छ । यसै सन्दर्भमा विगत देखिनै शान्ति नचाहने देशमा द्वन्द्वको बीजारोपण गरि डलरको खेती गर्नेहरू मौलाउदै आगोमा घ्यू थप्ने जुन दुस्साहस माओवादी आन्दोलनको जगमा भएको उपलब्धिको व्याज खाएर उक्त उपलब्धि ल्याउन मृत्युको कुनै प्रवाह नगरी बलिदान र योगदान गर्ने योद्धा र आन्दोलनलाई अपराधीकरण गरिदै छ ।
यस्ता किसिमका रवैया, जालझेल र कुचेष्टका विरुद्धमा सम्पुर्ण अग्रगामी परिवर्तनकारी शक्ति, पार्टी र आम जनता एकजुट भइ प्रतिवाद गर्न आह्वान गर्दै आवश्यकता अनुसार जस्तोसुकै परिस्थितिको सामाना गर्न परे पनि बहिर्गमित जनमुक्ति सेना नेपाल तयार रहेको प्रतिबद्धता जनाउद छौं । र शान्ति प्रक्रियाको बाँकी कार्यभार १२ बुँदे बृहत शान्ति सम्झौताको मुल्य र मान्यता अनुसार यथाशीघ्र सम्पन्न गर्न नेपाल सरकार, सम्बन्धित राजनितिक दल र निकायहरू समक्ष यसै प्रेस विज्ञप्ति मार्फत जोडदार माग गर्दछौं ।

इन्चार्ज
असिम आङबुहाङ लिम्बू (सुनिल)

अध्यक्ष
रमेश बसेल (करन)

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np