बाबुराम भट्टराईको स्पष्टीकरणः जनयुद्धकालीन मुद्दा अदालतको नियमित काम होइन
बाबुराम भट्टराईको स्पष्टीकरणः जनयुद्धकालीन मुद्दा अदालतको नियमित काम होइन
काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने पाउने तर जनयुद्धकालीन मुद्दा अदालतको नियमित काम नभएको बताएका छन् । सामाजिक सञ्जालवाट स्पष्टीकरण दिँदै अध्यक्ष भट्टराईले आफ्नो हिजोका अभिव्यक्तिलाई स्पष्ट पार्दै जनयुद्धकालीन मुद्दा अदालतको नियमित काम नभएको बताएका हुन् ।
‘सानो स्पष्टीकरणः बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ, म आफै प्रम छॅदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजिर भएको छु, भट्टराईले भनेका छन, ‘तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन, प्रम प्रचण्डको हकमा पनि त्यही हो, आवेग हैन विवेकले काम गरौं ।’
शुक्रबार सर्वोच्च अदालतले फौजदारी मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा दर्ता गर्न आदेश दिउको थियो । हिजो माओवादी नेतहरूले त्यसको प्रतिवाद गरेका थिए ।