Global Force Media

२०८० चैत्र १५ - Thu Mar, 2024 -

मुस्ताङमा विश्वविद्यालय होइन कलेज खोल्ने चर्चा रहेछ: प्रधानमन्त्री प्रचण्ड

मुस्ताङमा विश्वविद्यालय होइन कलेज खोल्ने चर्चा रहेछ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा युनिभर्सिटी (विश्वविद्यालय ) नभएर कलेज खोल्ने चर्चा पहिलेदेखि नै भएपनि सरकारले स्वीकृति नदिएको प्रस्ट पारेका छन् । मंगलबार काठमाडौँमा सोलुखोला दुधकोशी जलविद्युत परियोजना शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङको चर्चा परिचर्चा हुनुमा त्यहाँ भएको खनिज पदार्थ कारण रहेको बताए ।

‘अहिले मुस्ताङको विषयलाई लिएर बडो चर्चापरिर्चा हुने गरेको छ । मुस्ताङमा युनिभर्सिटी खोल्ने रे ! मुस्ताङमा अलि धेरै मान्छेको ध्यान छ । मुस्ताङको बारेमा धेरै पहिलेदेखिनै चर्चा पनि हुने गरेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मुस्ताङमा अमूल्य खनिज पदार्थहरू छन् र त्यो खनिज पदार्थ उत्खनन र प्रोसेशनमात्रै ठिक ढंगले गर्न सक्यौ भने नेपालहरूको आर्थिक स्थिति संसारकै उच्च बनाउन सकिन्छ रे भन्ने चर्चा पनि भएका छन् ।’

प्रधानमन्त्री प्रचण्डले नेपालीहरूले भन्दा विदेशीहरूले मुस्ताङ र त्यहाँ भएको प्राकृतिक श्रोत र खनिज पदार्थबारे बढी जानकारी राख्छन् रे भन्ने सुनिँदै आएको बताए ।

‘हिजोआज एउटा चर्चा भएको पनि तपाई हामीले सुनेका छौँ मुस्ताङकै विषयमा । मुस्ताङमा बुद्धिष्ट युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो । पक्कै पनि त्यहाँ स्थानीय तहबाट युनिभर्सिटी भन्दा पनि कलेज खोल्ने चर्चा धेरै पहिलेदेखि भएको रहेछ । तर नेपाल सरकारले स्वीकृति दिएको स्थिति होइन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर जे भएपनि मुस्ताङको यति धेरै चर्चा किन भयो ?’ उनले यसबारे आफूले कसैलाई आरोप र प्रत्यारोप गर्न नखोजेको भन्दै मुस्ताङको चर्चा हुनेवित्तिकै सबै नेपालीहरु संवेदनशील हुने गरेको बताए । ‘हाम्रो प्रकृतिको गर्भभित्र धेरै यस्ता खनिजहरू छन् जसलाई हामीले ठीक ढंगले अनुसन्धान गर्‍यौ भने त्यसले नेपालमा ‘रिभुल्सनरी चेन्ज’ ल्याउन सक्छौँ भन्ने हो, त्यो सम्भावना छ,’ उनले भने ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुस्ताङमा युनिभर्सिटी खोल्न दिएर विदेशीलाई खुसी पार्न लागेको आशय व्यक्त गरेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np