Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रवार स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रवार स्थगित भएको बैठक आज आइतबार बस्ने भएको छ ।

दिउँसो १ बजे बस्न लागेको बैठकमा १५औँ महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ ।
बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेका थिए । जसका कारण बैठकमा विवाद उत्पन्न भएको थियो ।

आज केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेताको बैठक पनि बोलाएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np