Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको पेशी शुक्रबार

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको पेशी शुक्रबार

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्धाको पेशी शुक्रबारका लागि सारिएको छ ।

बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको मुद्धा हेर्न नभ्याइएपछि शुक्रबारका लागि सारिएको हो । द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै मंगलबार सर्वोच्चमा प्रचण्डविरुद्ध दुईवटा रिट दर्ता थियो ।

प्रचण्डबिरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरी लगाएत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले रिट दायर गरेका थिए । रिट दायर भएपछि सर्वोच्चले बिहीबारका लागि पेशी तोकेको थियो ।

प्रचण्डले २०७६ साल माघ १ गते काठमाडौंको खुल्लामञ्चमा गरेको भाषणका क्रममा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले पक्राउ गर्नुपर्ने आदेश माग गरिएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np