सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
२७ फागुन, काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।
बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।
उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झालगायत आकांक्षी छन् ।