Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

पुनरागमन जितसहित आर्मी चौथो स्थानमा

पुनरागमन जितसहित आर्मी चौथो स्थानमा

४ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शनिबार त्रिभुवन आर्मी फुटबल क्लबले फ्रेण्ड्स क्लबमाथि पुनरागमन जित निकालेको छ । च्यासल मैदानमा भएको खेलमा आर्मीले फ्रेन्ड्सलाई २-१ गोलले पराजपत गर्दै सिजनको दोस्रो जित निकालेको हो ।

खेलको छैटौं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्स क्लबलाई अग्रता दिलाएका थिए । तर आर्मीले पुनरागमन गर्‍यो । २४ औं मिनेटमा जिलेस्पीजंग कार्कीले आर्मीका लागि बराबरी गोल फर्काए ।

खेलको इन्जुरी समयमा दीपक गुरुङले गोल गर्दै आर्मीलाई २-१ को जित दिलाए । जितपछि ५ खेलमा ८ अंक जोडेको आर्मी चौथो स्थानमा उक्लेको छ । फ्रेन्ड्सले ५ खेलबाट ४ अंक जोडेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np